नुवाकोटबाट नारायणकाजी पक्राउ

सोमबार, २३ मंसिर २०७६

नुवाकोट – नुवाकोटबाट नारायणकाजी आलेमगर पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले म्याग्नममा लाग्ने ४४ राउण्ड गोलीसहित आइतबार पक्राउ गरेको हो ।

बेलकोटगढी नगरपालिका ७ रातमाटा बस्ने आईतराम राईको घरमा डेरागरी बस्ने आलेमगरलाई प्रहरी पक्राउ गरेका हो । प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरी टोलीले घरधनी आईतराम राईसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।