नेपाली फुटबल समर्थकमाथि त्रिपुरेश्वरमा लाठीचार्ज
काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार फुटबलको फाइनल खेलको टिकट नपाएका समर्थकहरुमाथि दशरथ रंगशालाको गेटबाहिर प्रहरीले लाठीचार्ज गरेको छ ।टिकट नपाएका समर्थकहरुले दशरथ रंगशालाको गेट बाहिर नारावाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।प्रहरीले लाठी चार्ज गर्दा केही घाइते पनि भएका छन् । सुरक्षाकर्मीले लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ ।मंगलबार नेपाल र भुटानबीच फुटबलको फाइनल हुँदैछ । साथै सागको समापन कार्यक्रम समेत आजै हुँदैछ । जसका कारण पनि नेपाली दर्शकहरु फुटबल हेर्नका लागि रंगशाला प्रवेश गर्न आतुर छन् ।इसेवा मार्फत टिकट बिक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए ।