जागिरबाट हटाइदिएको भन्दै एक किशोरीले गरिन आत्महत्या
सिरहा – सिरहाको एक सिमेन्ट उद्योगमा काम गर्ने मजदुरले आत्महत्या गरेका छन् । मारुती सिमेन्ट उद्योगमा बिगत २ वर्षदेखी कार्यरत रहेकी २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेकी हुन् ।
मृतका आफन्तहरुले त्यसको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरेका छन् । गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताएका छन ।
मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले उद्योग अगाडि सडकमा टाईर बाली गाडी अबरुद्ध गरि प्रदर्शन गरेका हुन् ।