बैंकको पैसा व्यक्तिको खातामा ट्रान्सफर गरी ठगी गर्ने तीनजना पक्राउ

बुधबार, २५ मंसिर २०७६

काठमाडौँ – बैंकको पैसा व्यक्तिको खातामा स्थानान्तरण गरेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेका छ । प्रहरीको अपराध महाशाखाले बैंकको खातामा रहेको पैसा व्यक्तिको खातामा सारेर ठगी गर्ने कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको खाताबाट १७ करोड बराबरको कारोबार भएको देखिएको प्रहरीले उल्लेख गरेको छ । यस्तै उनीहरुको सम्बन्ध पिटर भनिने विदेशीसँग रहेको देखिएको छ ।

पिटर भनिने व्यक्तिले विदेशमै रहेर बैंकको खाता ह्याक गरेर त्यहाँको पैसा व्यक्तिको खातामा ट्रान्सफर गर्ने गरेका थिए । उनले सो पैसा मध्ये केही खातावाला नेपालीलाई दिने र बाँकी पैसा आफूलाई पठाउन लगाउने गरेको खुलेको छ ।