चलचित्र निर्देशक समाजकाे अध्यक्षमा दिनेश डिसीको उम्मेद्वारी
काठमाडौँ । आउँदो मंसिर २८ गते हुन लागेको चलचित्र निर्देशक समाजको निर्वाचनका लागि अध्यक्ष पदमा पुन: दोश्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी दिनेश डिसीले उम्मेद्वारी दिने भएका छन् ।डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् । २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्वाचनबाट उनि अध्यक्ष पदमा चुनिएका थिए ।आवाजको दुनियाँको साथी ऊपनामले चिनिने निर्देशक दिनेश डिसी ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित व्यक्तित्व हुन् ।निर्देशक समाजको विभिन्न कार्यकारी पदमा बसेर सफलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका चर्चित निर्देशक तथा संचारकर्मी डिसीले निर्देशक समाजको हुन लागेको आसन्न निर्वाचनको लागि पुनस् अधक्ष्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि धेरै राम्रो कार्यहरु गरेका डिसीलाई सम्पूर्ण निर्देशकहरुको दबाब, इच्छा र चाहनाले गर्दा नै पुन अध्यक्ष पदमा उम्मेद्वारी दिने मनस्थिति बनाएका हुन् ।
दिनेश डिसी भन्छन्, ‘नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नु हुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पुर्वक आग्रह गरिरहनु भएको छ । मेरो व्यस्तताको कारण मैले उम्मेद्वारीको लागि सहमति जनाइनसकेको भए पनि मलाई उहाँहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको अवस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरु, चलचित्रकर्मी तथा कलाकारहरुकोआग्रहलाई स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेद्वारी निर्णय गरेको छु ।’उनी थप्छन्, ‘हामी चलचित्र क्षेत्रमा अहोरात्र खटेर दिनरात नभनी यस क्षेत्रको हकहित तथा प्रबद्र्धनमा लागि परेको छौँ, तसर्थ अब हुने आसन्न निर्वाचनमा सम्पूर्ण निर्देशक, चलचित्रकर्मीहरुको साथ, सहयोग सद्भाव तथा मायाँ पाउने कुरामा दुइमत छैन ।’