प्रधानमन्त्रीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने घोषणा गरे

बुधबार, २५ मंसिर २०७६

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।

बुधबार बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरेका छन् ।