प्याब्सकको अध्यक्षमा गेन्द्र लामा, अरु को–को भए निर्वाचित ?
काठमाडौं – निजी तथा आवासिय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को अध्यक्षमा गेन्द्र लामा निर्विरोध निर्वाचित भएका छन् । काभ्रेको धुलिखेलमा भएको प्याव्सकको चौथो अधिवेशनबाट लामा सर्वसम्बत अध्यक्षमा निर्वाचित भएका हुन् । चावहिलमा रहेको प्राक्सिस् इन्टरनेशनल एकेडेमीका प्रिन्सिल लामा अघिल्लो कार्यकालमा महासचिव थिए ।
प्याव्सकको उपाध्यक्षमा प्रशान्ती एकेडेमीका प्रिन्सिपल समिर बास्तोला निर्वाचित भएका छन् भने महासचिवमा पायनियर स्कुलका प्रिन्सिपल राजन श्रेष्ठले बाजी मारेका छन् । बुधबार काभ्रेको एक रिसोटमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपमहासचिवमा भिष्मराज ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिनकुमार कोइराला र सहकोषाध्यक्षमा सुदिप काफ्ले निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोजकुमार धमला, होमलक्ष्मी गुरुङ, राजकुमार गिरी, शन्तोष लुइटेल, तेन्जिङ भुटिया र अनिता गिरीलाई निर्वाचित भएका छन् । ४५ विद्यालय सदस्य रहेको प्याव्सकले शैक्षिक गुणस्तरका लागि विभिन्न खालका कार्यक्रमहरु गर्दै आएको छ ।