आजको विदा सम्बन्धी गृह मन्त्रालयले मुख खोल्यो

बिहिबार, २६ मंसिर २०७६

काठमाडौ – गृह मन्त्रालयले आज सार्वजनिक विदा नदिएको जनाएको छ । केही सामाजिक सञ्जालमा सार्वजनिक विदा भन्ने उल्लेख भएको तथा धेरैमा विदाबारे अन्यौल भएको सन्दर्भमा गृहमन्त्रालयले सो कुरा स्पष्ट पारेको हो ।

गृहमन्त्रालयले सूचना विभागले सर्वाजनिक गरेको क्यालेण्डरमा उल्लेख भएका बाहेक अन्य कुनै सार्वजनिक विदा दिने निर्णय नभएको स्पष्ट गरेको छ ।

सूचना विभागको क्यालेण्डरमा २६ गते योमरी पुन्ही, किरात राई याख्या, सुनार, लिम्बु, जातिको उद्यौली पर्व (सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा) भन्ने उल्लेख गरेको छ ।

विगतमा सो पर्वमा सार्वजनिक विदा दिने गरे पनि अहिले सम्बन्धित धर्म र संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा भन्ने रहेको समाचार आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।