कोरियामा बसेका खोम गुरूङको ‘गुन्द्रुक साँधेकाे’ बोलको गीत सार्वजनिक(भिडियाेसहित)
काठमाडौं–वैदेशिक रोजगारीमा कोरियामा रहेका खोम गुरुङको नयाँ गीत ‘गुन्द्रुक साँधेको’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा रहेर पनि सांगीतिक क्षेत्रमा क्रियाशिल गुरुङले लेखेको गीतमा मेलिना राई र निशान भट्टराईको आवाज रहेको छ ।
शिशिर श्रेष्ठले निर्देशन गरेको यस गीतमा डीआर अटुले संगीत दिएका छन् । हास्य कलाकार उमेश राई र सन्ध्या बुढा, रियासा दाहाल, बिनोद परियार र रोवट सिंहको अभिनय रहेको म्युजिक भिडियोले गाउँले हास्य ठट्यौली शैलीलाई प्रस्तुत गरेको छ ।
साहित्यिक र सांगीतिक क्षेत्रमा रहेका गुरुङले आफूले कोरियामा रोजगारी गरिरहेपनि कामबाट फुर्सद पाएको समयमा साहित्यिक र सांगीतिक सिर्जना गर्ने गरेको बताएका छन् ।
कामले आफूहरुलाई व्यस्त बनाएपनि खाली भएको समयमा केहि सिर्जनशिल काम गर्दै आएको भन्दै गुरुङले प्रवासी मनमा उब्जेका भावनालाई गीतमा उतारेको बताएका छन् ।