केकीको सिउँदोमा कसले भर्यो सिन्दुर ?
काठमाडौं – नायिका केकी अधिकारीको सिउँदोमा सिन्दुर सहित एउटा तस्वीर सार्वजनिक भएको छ । उक्त तस्वीरमा केकीको बोन्डिङ गज्जबको देखिएको छ । सिन्दुर पोते लगाएको आफ्नो गेटअव ऐना हेर्दै गरेको तस्वीर सार्वजनिक भएपछि धेरैले केकीको विवाह भएको अनुमान गरेका छन् ।
तर वास्तविकता यस्तो होइन । उक्त तस्वीर चलचित्र ‘झिंगे दाउ’ को हो । यो चलचित्रमा दर्शकले केकीलाई फरक अवतारमा देख्न पाउनेछन् । उनी अविवाहित नायिका हुन् तर यो चलचित्रमा उनलाई विवाहित नारीको रुपमा देख्न सकिने ।