नेशनल प्याब्सन काठमाडौंको खेलकुद सप्ताह सुरु
काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँको आयोजनामा ‘तेश्रो एन प्याब्सन बृहत सप्ताह व्यापी खेलकुद महोत्सव २०७६’ सुरु भएको छ । मंसिर २८ गते शनिबारदेखि विभिन्न खालका खेलहरु सुरु भएको एन प्याब्सन काठमाडौंले जनाएको छ ।
एन प्याब्सन काठमाडौंले संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरी शनिबारबाटै विभिन्न खालका खेलहरु सुरु भएको जनाएको छ । आजैबाट खेलहरु सुरु भएपछि खेलकुद सप्ताहको सुरुवात भने पौष १ गते हुने आयोजकले जनाउको छ ।
पौष १ गते टुँडिखेलमा २ हजार भन्दा बढि विद्यार्थीहरुको मार्च पाससहित महोत्सवको भव्य उद्घाटन गरिने एन प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुलीले बताए । सप्ताहको सुरुवात नेपाल सरकारका महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गर्ने अध्यक्ष पराजुलीको भनाई छ ।
खेल महोत्सवमा जुनियर फुटसल, टेबल टेनिस, सिनियर बास्केटबल, सिनियर क्रिकेट, छात्रा व्याटमिन्टन लगायतका खेलहरुमा ५० बढि विद्यालयहरुको सहभागिता रहने नेशनल प्याब्सनले जनाएको छ ।
खेलहरु फरक फरक स्थानमा संचालन हुने पनि आयोजकले जनाएको छ । साताव्यापी खेल मोहत्सवमा ५ हजार भन्दा बढि विद्यार्थीहरुले प्रतियोगिका रुपमा सहभागीता जनाउने र यस्ता कार्यक्रमले समग्र राष्ट्रकै खेल क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ ।