प्रतिबन्धका बाबजुत विप्लव निकट विद्यार्थीको सम्मेलन काठमाडौंमा, अध्यक्षमा संज्याल

आइतबार, २९ मंसिर २०७६

काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकार क्याम्पस जिल्ला कमिटि काठमाडौंले आफ्नो २५ औं जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ ।

काठमाडौंमै सम्पन्न सम्मेलनले तारा संज्यालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । प्रतिबन्धका बाबजुत ओली सरकारलाई चुनौति दिदै अखिल क्रान्तिकारीले काठमाडौंमै सम्मेलन गरेको हो ।

सम्मेलनले पार्टी संगठनलाई सुदृढ गर्दै एकृकित जनक्रान्तिको मुल मर्मलाई पच्छ्याउँदै संघर्ष गर्ने अठोट लिएको छ ।