४० प्रतिशत लाभांश बाढ्ने भएकाे छ कर्जा सूचना केन्द्रले

बुधबार, २ पौस २०७६

काठमाडौं– कर्जा सूचना केन्द्र लिमिटेडले चुक्ता पुँजीको ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । केन्द्रको मंसिर १३ गते बसेको संचालक समितिको १ सय ३१ औं बैठकले पुस २३ गते बस्ने वार्षिक साधारण सभामा उक्त प्रस्ताव लैजाने निर्णय गरेको हो ।

केन्द्रले प्रतिशेयर १५ रुपैयाँ अर्थात चुक्ता पुँजीको १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाने छ । त्यस्तै प्रति ४ कित्ता बराबर १ कित्ता अर्थात चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरिएको छ ।

बोनस सेयर जारी गरेर कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजीसमेत बढाउने भएको हो । वार्षिक साधारण सभामार्फत संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समेत आवस्यक संशोधन गर्ने जनाएको छ ।