नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रबेश, बंगलादेश २-० ले पराजित

शनिबार, २३ भाद्र २०७५

ढाका – नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रबेश गरेको छ । नेपालले बंगलादेशलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थिान पक्का गरेको हो ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको थियो ।

दोश्रो गोल नवयूग श्रेष्ठले खेलको ९० मिनेटमा गरेका थिए ।