जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

बिहिबार, ३ पौस २०७६

काठमाडौं–नागार्जुन नगरपालिका–९ स्युचाटार बस्ने सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत ५ जनालाई नगद १ लाख ७ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।