अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु

बिहिबार, ३ पौस २०७६

विराटनगरको सप्तकोसी नर्सिङ होम एवं अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएकी एक सुत्केरीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका अधिकारी ९कटुवाल० को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

प्रसूतिका लागि उनलाई शुक्रबार सप्तकोसीमा भर्ना गरिएको थियो। उनको बरिष्ठ स्त्री रोग विशेषज्ञ डा।योगेन्द्र मि श्र नेतृत्वको चिकित्सक टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो। मेनुकाले दोस्रो सन्तानका रूपमा छोरी जन्माएकी थिइन्। पहिलो सन्तान चार वर्षका छोरा छन्। शल्यक्रियापछि पिसाब बन्द हुनुका साथै अत्यधिक रक्त श्राव भएर उनको मृत्यु भएको आफन्तले बताए। ‘शल्यक्रियापछि होस खुलिसकेको थियो। तर पिसाब रोकियो’, मेनुकाका देवर उमेश कटुवालले भने, ‘त्यस लगत्तै अत्यधिक रक्त श्राव हुन थाल्यो। केही बेरमा पेट पनि अत्यधिक पोल्यो भनेपछि हामीले चिकित्सकको खोजी गर्‍र्यौ।’

ड्युटीका स्टाफ नर्सहरूले चिकित्सकलाई समयमा बोलाउन नमानेको उमेशको भनाइ छ। ‘क्लिनिकमा बिरामी जाँच्दै गरेको र साँझ मात्रै आउने जानकारी दिएर नर्सहरुले पनि हामीले खोजेको चिकित्सक बोलाउन मानेनन्’, उनले भने, ‘साँझ चिकित्सक आइपुग्दासम्म अवस्था गम्भीर बनिसकेको थियो।’

रक्त श्राव नरोकिएपछि र पिसाब पनि नखुलेपछि डा।मि श्रले नै मेनुकालाई शनिबार राति धरान रेफर गरेका थिए। उमेशका अनुसार धरान पुर्‍याएर थप उपचार थालिए पनि त्यतिबेलै चिकित्सकले बिरामी बचाउन सक्ने अवस्था नभएको बताएका थिए। ‘आस कम गर्नु, तर बचाउने प्रयास गर्छौं’, भन्दै मेनुकाका पति महेश कटुवालले धरानका चिकित्सकले शल्यक्रियाका क्रममा नसा नै काटिएकाले रक्त श्राव नरोकिएको जानकारी दिएको बताए। ‘चिकित्सकले आइतबार धरानमा शल्यक्रिया गरी शरीर भित्र जम्मा भएको रगत र फोहोर बाहिर निकाल्दै रक्त श्राव रोकिदिए’, उनले भने, ‘तर रक्तचाप पनि बढेन र पिसाब पनि खुलेन।’

महेशले विराटनगरमै लापरबाहीपूर्ण तरिकाले शल्यक्रिया गरिएका कारण उत्पन्न स्वास्थ्य समस्याले पत्नी गुमाउनु परेको गुनासो गरे। सुत्केरीको रक्त श्राव नरोकिएपछि धरानमा मात्रै १५ पिन्ट रगत चढाइएको थियो। एकै दिन आठ पिन्टसम्म रगत चढाउनु परेको महेशले बताए।

नवजात शिशुको भने स्वास्थ्य अवस्था सामान्य छ। सुत्केरीको मृत्युपछि उत्पन्न विवाद साम्य पार्न मृतकका आफन्त र अस्तपाल प्रशासनबीच बुधबार वार्ता भएको थियो। वार्तामा आमाको मृत्यु भए पनि छोरीको ७ वर्षसम्म निःशुल्क उपचार गरिदिने र स्नातकसम्मको शिक्षादीक्षाको व्यवस्था अस्पतालले मिलाइदिने सहमति भएको छ।

वार्तामै बसेका डा। मि श्रले आफूबाट लापरबाही नभएको जिकिर गर्दै सुत्केरीको दुःखद् निधन भएको घटनाप्रति माफी मागेका छन्। डा। मि श्रले प्रसूति विषय जटिल भएकाले शल्यक्रियापछि सुत्केरीको मृत्यु भएमा चिकित्सकको लापरबाही भन्ने आरोप लगाउन नमिल्ने दाबी गरे।