राष्ट्रपतिलाई कार्यकारी अधिकार दिदै प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपण नेपालमै हुने भएको छ । समय, आर्थिक भार र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै हुने भएको हो ।
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण पुषको अन्तिम साता नेपालमै हुने बालुवाटार श्रोतको भनाई छ । त्यसका लागि नातेदाहरूले मिर्गौला दिने कबुल गरिसकेको बताइएको छ ।
तर प्रत्यारोपणका लागि चाहिने स्वास्थ्यस्थितिको न्यूनतम सर्त पूरा नभएको अवस्थामा समय सर्न पर्न सक्ने उपचारमा संलग्न एक चिकित्सकले बताए ।
यसरी प्रत्यारोपणपछि कम्तीमा ३ महिना आराम गर्नुपर्ने बताइएको छ । त्यो अवधिमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई कार्यकारी अधिकार दिने तयरी गरिएको छ । प्रधानमन्त्री कार्यलयका अनुसार राष्ट्रपतिलाई केही कार्यकारी अधिकार प्रत्यायोजन गरेर प्रधानमन्त्री ओलीले आराम गर्ने छन् ।
प्रचण्डले पनि ०६४ मा कार्यकारी राष्ट्रपतिको एजेन्डा बोकेर चुनाव लडेका थिए । नेपालमा बेलायती मोडलको संसदीय व्यवस्था छ । जनआस्थाको सहयोगमा