कैदीबीच झडप हुँदा १८ जनाको घटनास्थलमै मृत्यु
एजेन्सी– होन्डुरसमा जेलभित्रै कैदीहरूको दुई समूहबीच झडप हुँदा १८ जनाको मृत्यु भएको छ । त्यस्तैगरि १६ जना घाइते भएका छन् । सरकारी अधिकारीको अनुसार घाइतेहरूको तेला सहरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा झडप भएको थियो । १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनालाई स्थानीय सञ्चारमाध्यमहरूको अनुसार फरक फरक समूहका कैदीबीच भएको विवादका कारण भएको हिंसात्मक घटना हो । हाल घटनास्थल प्रहरीको नियन्त्रणमा आइसकेको र थप सम्भावित आक्रमण हुन नदिन सावधानी अपनाइएको होन्डुरस प्रहरीले जानकारी दिएको छ ।