दश हजार गोलीसहित अत्याधुनिक हतियार बरामद
विराटनगर – प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद गरेको छ । विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा पुगेको प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको हो ।
बरामद हतियार र गोली खिया लागेको अवस्थामा बरामद भएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए । विष्फोटक पदार्थ भेटिएको सूचनाका आधारमा नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो । बरामद हतियार तत्कालिन माओवादी कार्यकर्ताले लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।