गोरखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

मंगलबार, ८ पौस २०७६

गोरखा पालुङटार नगरपालिका–६ बूढीचौरमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

मंगलबार बिहान १० बजे गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ज ७४९४ नम्बरको बोलेरो जीप पल्टिँदा पाँच जना घाइते भएका हुन्।

उक्त जीपमा ७ जना सवार थिए।

एक जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम अधिकारीले जानकारी दिए।

उनका अनुसार दुई जना भने सकुशल रहेका छन्। सबैको उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।