इक्यानको १४ औं महाधिवेशनको मिति तोकियो, निर्वाचनपनि संगै
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १४ औं महाधिवेशनको मिति तोकिएको छ । आगामी पुष २६ गतेका लागि इक्यानले महाधिवेशनको मिति तय गरिएको छ ।
विहिबार बसेको इक्यानको बोर्ड मिटिङले कार्तिक २६ गते नै नयाँ कार्यसमितिको चयनपनि गर्ने निर्णय गरेको इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले बताए । शैक्षिक कन्सल्टेन्सीहरुको सबैभन्दा ठुलो र विश्वासिलो छाता संगठनका रुपमा स्थापित इक्यानले आगामी कार्यसमितिको चयन गर्ने ऐतिहाँसिक निर्णय गरेको अध्यक्ष पाण्डेले बताए ।
आफ्नो कार्यकाल सकिन ५ महिना बाँकी रहँदै इक्यानका अध्यक्ष पाण्डेले नयाँ कार्यसमितिलाई इक्यानको ताला चावि हस्तान्तरण गर्न लागेका हुन् । यो निर्णयले विगतका बर्षहरुमा आफ्नो कार्यकाल लम्व्याउन महाधिवेशन र निर्वाचन छुट्टा छुट्टै गर्ने परिपाटीको अन्त्य भएको छ । इक्यानले गरेको यो निर्णयले अध्यक्ष पाण्डे पदको भोको होइनन् भन्ने पुष्टी गरेको छ ।
बस्नेतको कमब्याक
इक्यानका अध्यक्ष विष्णुहरी पाण्डे अध्यक्षमा निर्वाचित भएको केही समयमानै सामान्य विवादका कारण फुटेको इक्यान फेरी एकजुट भएको छ । इक्यान फुटाएको आरोप लागेका अध्यक्ष पाण्डेले आफ्नै कार्यकालमा फुटेको इक्यानलाई जोडन् सफल भएका छन् ।
१३ महाअधिवेशनमा अध्यक्ष लडेका सरोज बस्नतलगायतको टिमलाई दुरव्यवहार गरेको भन्दै इक्यान छोडेर नयाँ संस्था गठन गरेका बस्नेत पछिल्लो समय नयाँ संस्था पनि छोडेर फेरी इक्यानमा कमव्याक भएका हुन् । बस्नेत इक्यानका पूर्व बरिष्ठ उपाध्यक्ष हुन । उनलाई अहिले इक्यानमा सल्लाहकारको भुमिकामा ल्याइएको छ ।
उनीसहित इक्यान छोडेका ४१ जना पुनः इक्यानमा फर्किएको अध्यक्ष पाण्डेले बताए । विहिबारै बसेको इक्यानको बोर्ड मिटिङले बस्नेतलाई सल्लाहकारको रुपमा नियूक्त गरेको उनको भनाई छ । पाण्डसँगै चुनाव लडेका बस्नेत सामान्य विवादका कारण इक्यान छोडेर गएका ४१ जनालाई आफ्नै कार्यकालमा इक्यान फर्काएर इक्यानको सफल अध्यक्षको रुपमा आफ्ना नाम लेखाउन अध्यक्ष पाण्डे सफल भएका छन् ।
शैक्षिक कन्सल्टेन्सी बजारमा अन्तराष्ट्रिय लगानी भित्राउने हुन्न भनेर लामो समय लभिङ गर्दै आएका अध्यक्ष पाण्डेमाथि आइडिपिकै कारण इक्यान फुटाएको आरोप लाग्ने गरेको थियो । त्यो आरोपलाई अन्त्य गर्दै अध्यक्ष पाण्डेले सरोजलाई इक्यानमा ल्याएर आफू सफल कुटनीतिज्ञ भएको प्रमाणित गरेका छन् ।
यो पनि पढ्नुहोस्
एइसिसि ग्लोवलको घिणृत कार्य, अश्लिल फोटा राख्दै गुगलमा विज्ञापन