अत्यधिक चिसोेको कारण ५९ जनाको मुत्यु

आइतबार, १३ पौस २०७६

एजेन्सी – भारतमा अत्यधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार त्यहाँको मौसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेको हो ।

चिसोले दिल्लीमा पनि नयाँ रेकर्ड बनाएको छ । दिल्लीमा लगातार ११ दिन चिसो भएको छ । यस्तो लगातार चिसो भएको सन् १९९७ पछि पहिलोपटक हो । यस पटक चिसोले दिल्ली, नोएडा, गाजियाबाद र फरीदाबाद वरपरका क्षेत्रहरुमा बरफ जमेको छ । फाँटमा तापक्रम १६ डिग्री सेल्सियसबाट पनि तल झरेको छ । शनिबार दिल्लीको तापक्रम १.७ डिग्री सेल्सियस थियो ।