फेरी लाग्यो एनसेल टावरमा आगो

मंगलबार, १५ पौस २०७६

काठमाडौं – चितवनको कालिका नगरपालिका –९ मिलन बजारमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । मंगलबार वेलुका टावरमा आगजनी भएको हो ।

आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । टावरमा अहिले पनि आगो लागिरहेको स्थानीयले बताए ।

आगो कसले र किन लगायो भन्ने बारेमा केही खुल्न नसकेको कोइरालाले बताए ।