विपिसी कलेजका विद्यार्थीहरु उद्यमशिलता तीर, पढ्दा पढ्दै लाखौंको आमदानी
विरगञ्ज – विपिसी कलेजको बिबिएसमा अध्ययनरत विद्यार्थीहरु उद्यमशिलता तीर जोडिन थालेका छन् । बारा र पर्साका विधार्थीहरुले विरगन्जको घण्टाघरमा एउटा व्यवसाय सुरु गरि मनग्य आमदानी समेत गर्न थालेका छन् ।
स्वदेशमै मिहिनेत गरी राम्रो आय आर्जन गर्न सकिन्छ भने उदेश्यले विद्यार्थीहरुको सामुहिक लगानीमा ब्रदर्स ग्रुपको निर्माण गरी ‘द बियर्ड सप जेन्स पार्लर’ सञ्चालन गरी राम्रो आम्दानी गर्ने गरेका छन् । उनीहरुले संचालक गरेको पार्लर ग्राहकहरुको अत्याधिक रोजाईमा पर्न सफल भएको छ ।
उनीहरुले गरेको मिहिनेतका कारण घरबाट अभिभाव सँग आर्थिक सहयोग माग्ने कार्यको अन्त्य भएको छ । घरका पैसा माग्न नपरेपछि विद्यार्थी तथा तिनका अभिभावकहरु खुशि छन् । उनीहरुले एक बर्षअघि सुरु गरेको उक्त व्यवसायीलाई अहिले विस्तार समेत गरिएको छ । विद्याथीहरुले हर्सो उल्लासका साथ ब्रदर्स ग्रुपले ‘द बियर्ड सप २’ जेन्स पार्लरको दोस्रो शाखा बीरगंजको पानी ट्याङ्की चोकमा संचालनमा ल्याएको छन् ।
उक्त पार्लरको उद्घाटन नेपाली काँग्रेस निकट तरुण दल बाराका अध्यक्ष लोकेश सिंह गरेका थिए । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष सिंहले यो व्यवसायले युवाहरुलाई नेपालमै केही गर्न पे्ररित गरेको बताए ।
नेपाली युवाहरुले आफ्नै देशमा सानोतिनो काम नगर्ने तर बिदेशमा गएर जस्तो सुकै पनि काम गर्न तयार हुनेहरुले ब्रदर्स ग्रुपबाट धेरै कुरा सिक्नु पर्ने बताए । विविएस पढ्दै गरेका युवाहरुले दिउसोको खाली समयमा काम गरेर आफ्नो पढाई खर्च जोहो गर्नु आफैमा निकै गौरवको बिषय भएको बताउँदै उनले तन, मन, धन लगाएर ईमानदारीताका साथ स्वदेशमै व्यवसाय गर्नको लागि युवाहरुलाई आग्रह गरे ।
पार्लरमा मसाज देखि कपाल काट्ने, कपालमा कलर गर्ने, मेकअप लगाएत सबै खाले सुविधा रहेको तथा अध्याधुनिक प्रविधि मार्फत सेवा प्रदान गरिने, विधार्थी तथा असाहायहरुलाई दश प्रतिशत छुटको ब्यवस्थासमेत रहेको ब्रदर्स ग्रुपका प्रोपाईटर रिशाल रमन शाहले जानकारी दिए ।
दैनिक दश हजारसम्म पहिलो पार्लरबाट आम्दानी भईरहेको तथा दोस्रो शाखाबाट पनि यस्तै आम्दानी हुने अपेक्षासमेत गरेको शाहले बताएका छन् । द ब्रदर्स गु्रपमा विपनी गुप्ता, राजेश ठाकुर लगाएत विविएस अध्ययन गर्दै गरेका दश जना युवाहरुले रोजगारीसमेत पाएको प्रोप्राईटर शाहले जानकारी गराएका छन् ।
सो कार्यक्रममा बीरगंजका श्रीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक शाह, परवानीपुर गाउँपालिकाका सदस्य सञ्जु शाह, तरुण दल बाराका क्षेत्रीय सभापति राज किशोर गुप्ता लगाएतको सहभागिता रहेको थियो ।