लागूऔषध र गाँजासहित २ जना पक्राउ 

आइतबार, २० पौस २०७६

 

काठमाडौँ  – हेटौडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्व-पश्चिम राजमार्गबाट करिब २१ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर०६ बीजी ९५१२ नम्बरको भारतीय नम्बरको कारबाट ५ वटा पोकामा ल्याउँदै गरेको उक्त

लागूऔषध गाँजा र कार सहित चालक धनुषा मुखियारपट्टी गाउँपालिका-६ मुसहरनिया बस्ने ४२ वर्षीय अशोक कुमार यादवसमेत २ जनालाई फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।