प्रेरक प्रसंग : नेपोलियनले जव आफ्नो घोडा सिपाहीलाई दिए…

शनिबार, २६ पौस २०७६

काठमाडौं – एकपटक नेपोलियन कहाँ तेज गतिले घोडामा चढेर एक सैनिक संदेश लिएर आयो । संयोगवस नेपोलियनको अगाडि आइपुग्नेबित्तिकै घोडा म¥यो ।

तर त्यो सैनिकले अनिश्चित भावले नेपोलियनको हातमा सन्देश राखिदियो । नेपोलियनले पनि तुरुन्त सन्देशको जवाफ लेखे । उनले भने– ‘अहिल्यै लिएर जाऊ ।’ सिपाहीले आज्ञा पालन ग¥यो । ऊ मोडियो । उसले मेरो घोडालाई एकछिन हे¥यो र पुनः अगाडि बढ्यो । ‘सुन’ ! नेपोलियनले भने ऊ टक्क अडियो । उनले भने –‘ ए सिपाही तिमीले मेरो घोडा लिएर जाऊ ।’

नेपोलियनको कुरा सुनेर सिपाही अकमक्क प¥यो । नेपोलियनले चढ्ने घोडा फ्रान्सको सर्वश्रेष्ठ घोडा थियो । सिपाहीले हड्बडाएर भन्यो– ‘तपाइँ के भनिरहनुभएको छ ? तिमी मेरो घोडा लिएर जाऊ ।’

सैनिक नेपोलियनकै घोडामा सवार भयो । ऊ फर्किएर आएपछि त्यस सिपाहीलाई क्याप्टेनमा नियुक्त गरे । हरेक मानिसलाई आफ्नो कर्मठताको पुरस्कार यसै प्रकारले प्राप्त हुन्छ । आफू चढिरहेको घोडा एक्कासी लडेर मर्दा पनि सिपाही कति पनि बिचलित भएन ।

उसले सबैभन्दा पहिला आफ्ना कमाण्डर नेपोलियनलाई सन्देश पत्र दियो । यो उसको कर्मठताको उत्कृष्ट प्रमाण थियो । तपाइँ एकाग्र मनले कर्मठ रहेसम्म तपाइँलाई सफलता मिल्न कठिन हुँदैन । सर्वप्रथम तपाइँ आत्मविश्वासी हुन जरुरी छ ।

जीवनमा घट्ने घटनालाई भाग्यको प्रतिक मानेर हामी आफ्नो सफलताको बाटो आफैं बन्द गर्दछौं । जीवनमा घट्ने कुनै पनि घटनाको भाग्यसित कुनै सम्बन्ध हुँदैन ।