इरानमाथि ट्रम्पको अर्को धावा, सबै आणविक हतियार खोस्ने चेतावनी

शनिबार, २६ पौस २०७६

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि फेरी धावा बोलेका छन् । उनले इरानसँग अब कहिल्यै आणविक हतियार नहुने जिकिर गर्दै चेतावनी समेत दिएका छन् ।

बिहीबार ट्रम्पले यस्तो दावी गरेका हुन् । तेहरान अमेरिकी प्रतिबन्धको पीडा भोगिरहेको पनि उनले बताए । ‘इरान अहिले गडबड छ । उनीहरु आफ्नो मुलुकको अर्थतन्त्र छिटो भन्दा छिटो सुधार्न सक्छन् । हेरौँ, उनीहरु सम्झौता गर्छन् कि गर्दैनन् !,’ ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममाझ भनेका हुन् ।

इरानले मिसाइल आक्रमण गरेपछि उसमाथि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो । इरानी टेलिभिजनले भने कमाण्डर कुसाम सुलेमानीको हत्याको बदलाको रुपमा आक्रमण गरिएको जनाएका छन् ।

‘इरानसँग आणविक हतियार कहिल्यै हुनेछैन । उनीहरुले त्यो बुझेका छन् । हामीले उनीहरुलाई कडा रुपमा भनिसकेका छौँ,’ ट्रम्पले भने ।