प्रहरीलाई एक हजारमा फकाउन खोज्ने भारतीय नागरिक पक्राउ

आइतबार, २७ पौस २०७६

 काठमाडौँ -ड्युटिमा खटिएको प्रहरीलाई एक हजार नगद दिएर फकाउन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । बोडे बस्ने २६ वर्षीय महोमद दिल्दार मिया नामका भारतीय नागरिकलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको फेला पारी कारबाही गर्ने क्रममा मियाले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरिएको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ