पुलबाट तमोर नदीमा हामफाल्दा राजन चौधरीको मृत्यु
काठमाडौँ -धनकुटा नगरपालिका–९ मुलघाट स्थित पुलबाट तमोर नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१ आपगाछीका ३३ बर्षीय राजन चौधरी छन।
शनिबार राति करिव ११ बजे घटना भएको हो । इटहरी–१ आपगाछीका २९ बर्षीय अञ्जिल मगर र चौधरी हिउँ खेल्न को।३५ प।४१०१ नम्बरको मोटरसाइकलमा तिनजुरे गएर फर्कने क्रममा चौधरीले पुलबाट हामफालेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
हामफाल्नुको कारण भने खुल्न वाँकी छ । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले नदीबाट मृतक राजनको शव निकालेको थियो ।
मोटरसाइकल चालक मगरलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।