पाल्पामा शक्तिशाली बम विस्फोट
पाल्पा – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सिद्धेश्वर चुनढुङ्गा खानीमा शक्तिशाली बम विस्फोट गरेको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ छहरा सिद्धेश्वरमा रहेको चुनढुङ्गा खानीमा सोमबार साँझ वम बिस्फोट गरेको नेकपा पाल्काले जनाएका छ ।
नेकपा पाल्पाले जनसत्ताको निर्णय अनुसार कारवाही स्वरुप बम विस्फोट गराएको जनाएको छ । बम विस्फोट गराएपछि नेकपाले कारवाहीको कारण उल्लेख गरेर पर्चासमेत छाडेको छ । पर्चामा प्राकृतिक स्रोतसाधनको दोहन गरेको, स्थानिय जनता र व्यवसायीलाई मर्कामा पारेको, खानी उद्योगलाई नेकपाको जनसत्तामा दर्ता नगरी अनाधिकृत रुपले सञ्चालन गरेको बताएको छ ।
जिल्ला जनपरिषद पाल्पाले बिष्फोट सहित दर्जन बढी बमहरु राखेको जनाएको छ । गुल्मी र अर्घाखाँचीको सिमावर्ती क्षेत्रमा पर्ने पश्चिम पाल्पामा रैनादेवी गाउँपालिका रहेको छ । चुनढुङ्गा खानी सञ्चालकहरुको बदमासी बारेमा पाल्पामा विगत देखी नै विभिन्न खाले विरोध र जनस्तरबाट आलोचना हुदै आएको छ ।
अवैध उत्खननमा संलग्न क्रसर उद्योगको अराजक, अमानवीय र यो दोहनकारी भ्रष्ट परिपाटीको संरक्षक राजकीय प्रणाली भएको नेकपा पाल्पाले जनाएको छ । नेकपाले देशभर सङ्घर्षलाई तीव्र बनाउँदै लगेको छ ।
केही दिन अगाडी दाङमा सडक डिभिजनका कार्यालयका प्रमुखलाई कालोमासो दलेको सञ्चारमाध्यममा समाचार आएको थियो ।