मुख्यमन्त्री गुरुङले भने : यौनकर्मीलाई ‘रेडलाइट एरिया’ तोकौं परिचयपत्र दिएर व्यवस्थित बनाऔं

मंगलबार, २६ भाद्र २०७५

भदौ २६, पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन ‘रेडलाइट एरिया’ तोकेर   परिचयपत्रको व्यवस्था गर्नुपर्ने  सुझाएका छन्  ।

आज होटल संघ नेपालले  पोखरामा आयोजना गरेको कार्यक्रममा उनले भने ‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ,’ ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको
उनले बताए।

प्ररिचयपत्रको व्यवस्था गरे  कर पनि संकलन गर्न सकिने र होटल व्यवसाय पनि अझै फस्टिने मौका पाउने उनको भनाइ छ।