मोटिभेट समाचार प्रभाव : आइडिपिको आएल्सबारे अन्योलमा विद्यार्थी, मान्यता नपाउने डर !
काठमाडौं – विराटनगरमा आएल्सको तयारी गरिरहेकी एक विद्यार्थीले आइडिपि आएल्सको डेट लिएर बसेकी छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आइडिपि आएल्सलाई देशभर प्रतिबन्ध लगाएपछि उनको मनमा एउटा प्रश्न उव्जिएको छ, ‘के आइडिपि आएल्सले विश्वभर मान्यता पाउँदैन ?’
मोटिभेट न्यूज डटकमले ‘इक्यानले लगायो आइडिपि आएल्सलाई देशभर प्रतिबन्ध’ शिर्षकमा समाचार सम्प्रेषण गरेपछि विराटनगरकी ति विद्यार्थीलाई मात्र होइन् देशभर आइडिपि आएल्सको डेट लिएर बसेका विद्यार्थीहरु अन्योवलमा छन् । आइडिपि आएल्सलाई इक्यानले नेपालभर प्रतिबन्ध लगाउनुको अर्थ विश्वभर यो टेस्टको मान्यता नहुने भने होइन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्ना सदस्य कन्सल्टेन्सीहरुलाई अध्ययनरत विद्यार्थीहरुलाई आइडिपिको आएल्सका लागि रिफर नगर्नु आग्रह गरेको हो । आएल्स टेस्टका लागि व्रिटिस काउन्सिल जस्तो भरपर्दो संस्था हुँदा हुँदै आइडिपिमा गएर आएल्सको परिक्षा नदिन विद्यार्थी, अभिभावक तथा कन्सल्टेन्सीहरुलाई इक्यानले आग्रह गरेको हो ।
यो पनि पढ्नुहोस्