भारतले बढायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

शुक्रबार, ३ माघ २०७६

काठमाडौं – भारतले पेट्रोलियम पदार्थको मुल्य बढार पठाएको छ । भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मुल्य सूचीमा बढाएको छ ।

आईसीले बिहीबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेको मूल्य केही बढेर आएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा समेत पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएकाले बिक्री मूल्य समायोजन गर्नु पर्ने अवस्था देखिए पनि तत्कालका लागि मूल्य भने नबढाइने निगले जनाएको छ ।

निगमले आफ्नो ५० औं स्वर्ण जयन्तीको अवसरमा आम उपभोक्तालाई सहुलियत दिने उद्देश्यले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यलाई हाललाई यथावत नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।

निगमले गत पुस १६ गते मात्रै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको थियो । हाल पेट्रोल प्रतिलिटर १११ र डिजेल तथा मट्टितेल प्रतिलिटर १०० रुपैयाँमा बिक्री भइरहेको छ ।