आज सुनको बजारभाउ यस्तो
काठमाडौं–आइतबार प्रतितोला ७५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि स्थिर छ । आइतबार ८ सय ९० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजरामा पनि सुन महंगीएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय ६० अमेरिकी डलरमा सुनको कारोबार भएको छ ।