अवैध लागूऔषध सहित २ जना पक्राउ

बिहिबार, ९ माघ २०७६

 

काठमाडौँ– धनगढीमाई नगरपालिका(९ बाट १४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका(५ बस्ने २९ वर्षीय सुनिल कुमार पासवान रधनगढीमाई नगरपालिका(८ बस्ने २४ वर्षीय

महेन्द्र साह रहेका छन् । जिल्ला प्रहरीकार्यालयबाट खटिएको प्रहरीले स।७ प १२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई
जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाईछिपाई राखेको उक्त परिमाणको लागूऔषध गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।