गोष्ठीका लागि अमेरिका पुगेकी उपमेयर सम्पर्क विहीन

बिहिबार, ९ माघ २०७६

 

काठमाडौं – गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शना सम्पर्कविहिन भएकी छन् ।

दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समय पछि उनी सम्पर्कबिहिन भएकी हुन् । दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यको हैसियतले अमेरिकमा गोष्ठीमा सहभागी भएकी थिइन् ।