भोली सार्वजनिक विदा

बिहिबार, ९ माघ २०७६

काठमाडौं – बागमति प्रदेश सरकारले भोली अर्थात माघ १० गते शुक्रबारका दिन सार्वजनिक विदा दिएको छ । प्रदेशका १३ वटै जिल्ला माघ १० गते प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ जातीको पर्व सोनाम ल्होसारमा विभिन्न प्रदेशले सार्वजनीक विदा दिदै आएका छन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा भ्रम छर्दै भारतीय बीमा कम्पनी, यस्तो छ नेपाली लुट्ने एलआइसीको नयाँ धन्दा