राष्ट्रियसभा मत परिणाम : मृगेन्द्रले हराए आफ्नै भाई
काठमाडौं – राष्ट्रियसभाको प्रदेश २ मा भएको निर्वाचनमा नेकपा–राजपा गठबन्धनको अन्य उम्मेदवारतर्फ मृगेन्द्र सिंह विजयी भएका छन्।
राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका छन्। राजपाका उम्मेदवार मृगेन्द्रले ५ हजार ४ सय मतभार ल्याएका छन् भने अनिरुद्धले ४ हजार ५ सय १२ मतभार ल्याएका छन्।
यसअघि नेकपा राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दाहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भइसकेका छन्। अहिले भने अल्पसंख्यक तर्फको मतगणना जारी रहेको छ।