आगोमा जलेर एक बालिकाको मृत्यु

शुक्रबार, १० माघ २०७६

 

काठमाडौँ– आगोमा जलेर एक बालिकाको मृत्यु भएको छ । कर्जनहा नगरपालिका–४ बसतिपुर बजारकी अन्दाजी १५ वर्षीया सलोनी नायकको बिहीबार राति जलेर मृत्यु भएको हो ।

आमा आशा नायकसँगै सुतिरहेका बेला करिब १२ बजेतिर विजुलीको मिटर सर्ट भइ आगजनी हुँदा सलोनीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका सन्तु जैसवालले जानकारी दिए । स्थानीयको सहयोगमा आमा आशा भने बाँच्न सफल भएकी छन् ।

शव पोस्टमार्टमका लागि रामकुमार उमा प्रसाद स्मारक अस्पताल लहान लाने तयारी भइरहेको छ ।