श्रीमती हुदाहुदै ३० वर्षीया पुरुसले १० वर्षीया नाबालिका संग बिवाह गर्दा मण्डपबाटै प्रकाउ
काठमाडौँ – बाराको महागढीमाई नगरपालिका–१ स्थित महागढीमाई मन्दिरबाट बाल विवाह गर्ने बेहुलासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। घरमा श्रीमती हुँदाहुँदै अर्की १० वर्षीया नाबालिकासँग विहे गर्ने क्रममा सोही नगरपालिका–८ बस्ने ३० वर्षका गणेश साह कलवारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा विवाह गर्न लागेकी बालिका, उनकी बुबा समेत रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। प्रहरीका अनुसार नाबालिकालाई उनको बुवा तथा बेहुला कलवारले फकाईफुलाई गरी विवाह गर्न बाध्य बनाएका थिए।
कलवारको जेठी श्रीमतीले आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय बारामा दिएको जाहेरी दरखास्तको आधारमा जिल्ला अदालत बाराबाट बालविवाह तथा बाल विवाह उद्योग मुद्दामा ५ दिन म्याद अनुमति लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी जयराज सापकोटाले बताए।