गूगलमाथि कर लगाउँदै

आइतबार, १२ माघ २०७६

काठमाडौं– प्राग (चेक गणतन्त्र) चेक सरकारले गूगल लगायत अन्य विविध बहुराष्ट्रिय इन्टरनेट कम्पनीमाथि उच्च कर लगाउने योजना बनाएको छ । घरेलु प्रविधि कम्पनीहरुलाई लक्षित गरेर यस्तै उपाय अपनाएको फ्रान्ससँग अमेरिकाले प्रतिकार गर्ने चेतावनीलाई बेवास्ता गर्दै चेकले कर बढाउन लागेको हो ।

त्यहाँका नीतिनिर्माताहरुले अहिले गूगल, फेसबुक जस्ता ठूला अनलाइन कम्पनीको डिजिटल आम्दानीमा ७ प्रतिशतको कर लगाउने विधेयकमा बहस गरिरहेका छन् ।

अमेरिकाले यस कदमलाई नकारात्मक रुपमा लिन्छ भन्ने कुरा आफूले बुझेको र करसम्बन्धी अन्तरराष्ट्रिय समाधान नभेटिएसम्मका लागि अस्थायी रुपमा कर लगाउन खोजिएको चेक गणतन्त्रका विदेश मन्त्री तोमास पेट्राइसेकले बताएका थिए ।