नन्दु परियारको शब्दमा रहेको गित जाने बेलैमाको चर्चा चुलिदै (भिडियो सहित)
काठमाडौँ – पछिल्लो समय नेपाली लोक गित संगीतको बजारमा एकपछि अर्को गरि गितहरु आईरहेका छन । यसै क्रममा भर्खर मात्र बजारमा आएको जाने बेलैमा बोलको गितलाई दर्शक श्रोताले निकै रुचाएका छन ।
यस गीतमा घरपरिवार चटक्क छाडेर प्रदेशीनुको पीडा तथा मुग्लान जाँदै गर्दा मनमा हुने आहत,घरपरिवार प्रतिको अथाह प्रेम संगै अनायसै मनमा आउने विलौनाहरुलाई छर्लङ्ग पारिएको छ । पृथ्वी इन्टरटेन्मेन्टको अफिसियल युटुव च्यानल मार्फत सार्वजानिक गरिएको उक्त गितमा कर्णप्रिय सुमधुर स्वरकी धनी गायिका शान्तिश्री परियार र कोकिलकण्ठ आवाजका प्रखर सर्जक तथा गायक लक्ष्मण सुनारको आवाज सुन्न सकिन छ आफैमा अति मिठो आवाजका धनि , आवाज मात्र हैन तेती नै मन छुने शब्द सिर्जना गर्न सक्ने बहु प्रतिभाशालि नन्दु परियारको शब्द सिर्जना रहेको छ विनोद भण्डारी र दिव्यानी ओलीले कारुणिक अभिनय उक्त गितको म्युजिक भिडियोमा देख्न सकिन छ।