सभामुख सापकोटाले गरे सपथ ग्रहन

सोमबार, १३ माघ २०७६

काठमाडौं – नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूलगायत उपस्थित थिए । सापकोटा प्रतिनिधिसभाबाट आइतबार निर्विरोध सभामुखमा निर्वाचित भएका हुन् ।