अब बिहेका लागि चिना, साइत र लगन हेर्न जन्मदर्ता र नागरिकता देखाउनुपर्ने

मंगलबार, १४ माघ २०७६

काठमाडौँ-के तपाई आफ्ना छोराछोरीको विवाहका लागि जैशी र पुरोहितकहाँ चिना या साइत हेराउन जाँदै हुनुहुन्छरु यदि जाँदै हुनुहुन्छ भने एकपटक सोच्नुस स् के आफ्ना छोराछोरी विवाह गर्ने उमेर( २० वर्ष )पुरा का भए ? यदि भएका छन् भने मात्र जैसी, परोहित र पास्टरका घरमा जानुस अन्यथा तपाईका छोराछोरीको चिना साइत हेर्ने छैनन्‌। सल्यानका जैसी तथा पुरोहितहरूले अबदेखि जन्मदर्ता तथा नागरिकता देखाएर २० वर्ष पुरा भएका युवायुवतीको मात्रै चिना र साइत हेर्ने निर्णय गरेका छन्‌। जिल्लामा बालविवाह र यसरी भएको वैवाहिक जीवन व्यवस्थित नहुँदा आत्महत्याको दर बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयको सक्रियतामा जिल्लाभर बालविवाह न्यूनीकरण अभियान सञ्चालन भइरहेको छ। अभियानकै शिलशिलामा जिल्लामा रहेका जैसी र पुरोहितले जन्मदर्ता तथा नागरिकता अनुसार विवाह गर्ने उमेर पुगेरनपुगेको निश्चित भएपछि मात्रै चिना र साइत हेर्ने प्रतिवद्धता जनाएका छन्‌। उनीहरुले जन्मदर्ता तथा नागरिकता हेरेर मात्र लगन र साइत जुराउने, चिना हेर्ने काम गर्ने बताएका छन्‌। कानुनी रुपमा दण्डनीय रहेको बालविवाह न्यूनिकरणका लागि आफूहरुको पनि साथ सहयोग हुने छत्रेश्वरी गाउँपालिका १ दमाचौरका पुनराम जैसीले बताए। सानो उमेरमा नै लगन हेर्ने र साइत जुराउनेजस्ता कार्य बालविवाहलाई प्रोत्साहन तथा सहयोग गर्ने कार्य भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। उमेर नपुग्दै बालविवाह गरे गराए वा उक्त कार्यमा संलग्न भएको पाइए तीनवर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुने खतिवडाले बताए।