‘टिपरको ठक्करबाट मृत्यु भएका केशरसँग अरुणाको कुनै सम्बन्ध नभएको खुलाशा ’

बुधबार, १५ माघ २०७६

 

काठमाडौँ -कालिकोट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार टिपरको ठक्करबाट निधन भएका कालिकोट जिल्ला महावै गाउँपालिका–३ सिमखेत निवासी केशरबहादुर सिंह र मंगलबार दिउँसो नै सुर्खेतमा आत्महत्या गरेकी कालिकोट जिल्ला तिलागुफा नगरपालिका ढिम्नी निवासी अरुणा शाही बिचमा कुनै पनि सम्बन्ध नभएको परिवारले जनाएको छ ।

टिपरको ठक्करबाट सिंहको निधन र करुणाको आत्महत्या एकै दिन भएकाले अधिकांश नागरिकले अकलकाटी सुरु गरिरहेका बेला मृतक अरुणाका परिवारले आधिकारिक रुपमा आत्महत्या गरेको कारण के हो भन्ने थाहा नभएको बताएका छन् । केशर बहादुर सिंहसंगको प्रेमले आत्महत्या गरेको भन्ने समाचार मिडियामा आइरहेका बेला अरुणाका मामा मातृका सिंहले प्रेम हो होइन भन्ने पुष्टि नै नभएको बताएका छन् । उनले भने, ‘मिडियाले चरित्रहत्या गर्ने काम गरिरहेका छन् । उनीहरु बिचमा प्रेम सम्बन्ध छ छैन भन्ने कुरा अब प्रहरी अनुसन्धान पछि मात्र खुल्ने छ ।’

उनका अनुसार घरपरिवार आफन्तसंग नबुझी मिडियाले हावादारी समाचार प्रकाशित गरेको आरोप छ । उनले भने, ‘कसैको सिन्दुर हालेर गएकी थिनन्, अब विवाहित हुन् पनि कसरी भन्ने, सत्य तथ्य घटना के हो भन्ने कुरा अबका केही दिनमा आउने सिंहले बताए । उनले उनीहरुसंगको प्रेम सम्बन्ध हामीले नदेखेकाले कोही कसैले पनि हल्लातिर नजान आग्रह समेत गरे ।

सिंहले भने, ‘मिडियाले फैलाएको हल्लाले आफु तनावमा भएका कारणले यसको खण्डन गर्न सकिरहेको छैन, फेसबुक चलाउन पाएको छैन ।’ हामीसंगको कुराकानीले मिडियाले चरित्रहत्या गर्ने काम गरेको उनको अरोप छ । मृतक अरुणाको मोबाइल बाहेक अरु केही पनि नभेटिएकाले केशर सिंह र अरुणाबीच प्रेम थियो भन्ने आधिकारी प्रमाण केही पनि नभएको मामा मातृका सिंहले बताए । मृतक अरुणाको पोष्टमार्टम गरी आज नै भेरी नदिमा अन्तिम दाहासंस्कार गरिएको परिवारले जनाएको छ । अरुणा २१ वर्षीया युवती हुन् ।