रिहा भएपछि आस्थाले , प्रहरीलाई यस्तो भनिन्

बुधबार, १५ माघ २०७६

काठमाडौँ -सुरक्षाकर्मीलाई दुव्र्यवहार गरेको आरोप लागेकी गायिका अस्था राउतले आफुबाट गल्ती भएको स्वीकार गरेकी छन् । जिल्ला प्रशासन कार्यालयबाट बाहिरिने क्रममा उनले प्रहरीको प्रशंसा गरिन् ।

हिरासतमा आफुलाई प्रहरीले सहज र राम्रो व्यवहार गरेको उनको भनाइ छ । उनले भनिन्, मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइनरहेछ । गल्ती मबाट भएकै हो । प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो ।

४ हजार धरौटी बुझाएर आस्था प्रहरी हिरासतबाट छुटेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवानमाथि दुव्र्यवहार गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

प्रहरीले पक्राउपुर्जी जारी गरेपछि गायिका आस्था सोमबार बिहान प्रहरीमा पुगेकी थिइन् ।

यो पनि पढ्नुहोस्

आफ्ना कर्तुत लुकाउन एलआइसीको फण्डा : पत्रकारलाई करोडको अफरदेखि प्रहरीमा उजुरीसम्म