सुकुटीको कारण जापानको भिषा गुमाए

बिहिबार, १६ माघ २०७६

काठमाडौं – सुकुटी र आलो मासुको लालचले दुई नेपालीले जापानको भिषा गुमाएका छन् । जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो ।

टन्न कमाउने सपना सहित जापान पुगिसकेका उनिहरुको ३ बर्षे भिषा नै रद्द भएपछि स्वदेश फर्किएका छन् । चितवनमा बसोबास गर्दै आएका भट्टराई थरका उनिहरु बाबु छोरा हुन् ।

उनिहरुको अन्य विवरण खुलाइएको छैन । उनीहरुले सुटकेसमा करिब ३ किलो सुकुटी र ३ किलो आलो मासु, हरियो तथा धुलो खुर्सानी लगायतका खानेकुरा लगेका थिए ।