आजदेखि लाखौं एन्ड्रोइड तथा आइफोनमा वाट्सएप नचल्ने

शनिबार, १८ माघ २०७६

काठमाडौँ -फेसबुकको स्वामित्वमा रहेको चर्चित मोबाइल एप्लिकेसन आज शनिबारदेखि लाखौं स्मार्टफोनमा नचल्ने भएको छ।

भ्वाइस कल, टेक्स्ट तथा भिडियो कलका लागि भरपर्दो एप्लिकेसनको रुपमा ख्याति कमाएको वाट्सएप एन्ड्रोइड र आइफोनका पुराना अपरेटिङ प्रणालीमा नचल्ने कम्पनीले बताएको छ।
आफ्ना प्रयोगकर्ताको सुरक्षाको लागि यो कदम चाल्न लागिएको वाट्सएपले जनाएको छ।एन्ड्रोइडको २३ ७ भर्सनको स्मार्टफोनमा वाट्सएप चल्नेछैन। यस्तै आइफोन ८ भन्दा तलका फोनहरुमा वाट्सएप प्रभावित हुने बताइएको छ।