हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम पूर्वानुमान, आंशिक बदलीको सम्भावना

आइतबार, १९ माघ २०७६

काठमाडौं–जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी तथा मध्य भू–भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल देशको मध्य पहाडी भू–भागमा आशिंक बदली रहेको जनाएको छ । महाशाखाले केही दिन मुलुकको मौसम सफा रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १९ गते (आइतबार)

दिउँसोः पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

माघ २० गते (सोमबार)

दिउँसोः पूर्वी तथा मध्य नेपालका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशभर आन्शिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक वा दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आन्शिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।