थाहा पाईरहनुहोस क्यान्सरका लक्षणहरु

आइतबार, १९ माघ २०७६

काठमाडौँ-मानव शरीरमा कोषिकाहरूको असामान्य वृद्धिका कारण क्यान्सर रोग लाग्छ। शरीरमा अंको र ट्युमर गरी दुई किसिमका जिन हुन्छन्। अंको जिन बढी भयो भने क्यान्सर हुन्छ। अन्तर्राष्ट्रिय वैज्ञानिकहरू बालबालिकामा क्यान्सर लाग्नुको मुख्य कारण खानपान भएको अनुमान गर्छन्। बालबालिकामा निम्न किसिमका क्यान्सर लाग्न सक्छन्।

ल्युकेमिया

धेरैजसो बालबालिकालाई लाग्ने क्यान्सर भनेको ल्युकेमिया हो। यसलाई ब्लड क्यान्सर पनि भनिन्छ। बालबालिकामा देखिने ब्लड क्यान्सर ४० प्रकारका हुन्छन्।

–ब्रेन र स्पाइनल कर्ड

–लेमफोमा

–बोन क्यान्सर

–न्युरोब्लास्टोमा आदि।

बालबालिकामा क्यान्सर लाग्नुको मुख्य कारण

–कोषिकाहरूको असामान्य वृद्धि

–आधुनिक जीवन पद्धति

–खानपान

–वंशाणुगत प्रभाव। बुवाआमाको स्वास्थ्य अवस्थाको कारणले नयाँ जन्मिने शिशुमा क्यान्सर लाग्न सक्छ।

–तरकारी उत्पादनमा प्रयोग गरिने विषादी

क्यान्सर लाग्न नदिन के गर्ने रु

–स्वस्थ जीवनशैली अपनाउने

–एन्टिअक्सिडेन्ट गुण भएका खानेकुरा खाने

–बालबालिकालाई चुरोटको धुवाँ आउने ठाउँमा जान नदिने। धुवाँ धुलो, विकिरणको प्रयोगबाट बचाउने।

–घामको किरणबाट बचाउने। लामो समयसम्म घाममा नबस्ने।

–योग र व्यायाम गर्न प्रोत्साहन गर्ने।